Home / Society / धरानमा भएको आगलागीमा परि आमाछोरीको मृत्यु

धरानमा भएको आगलागीमा परि आमाछोरीको मृत्यु

धरान । सुनसरीको धरानमा भएको आगलागीमा परि आमाछोरीको जलेर मृत्यु भएको छ । उपमहानगरपालिका १५ स्थित साम्पाङ मार्गका नरबहादुर श्रेष्ठको पुरानो घरमा आज बिहान आगलागी भएको हो ।

छोरी निकाल्न जाँदा आमाको पनि जलेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीका कारण नरबहादुरको काठको दोमल्ले घर जलेर नष्ट भएको छ । 

माथिल्लो तलामा रहेकी फरक क्षमताकी छोरी ५८ वर्षीया सीता श्रेष्ठलाई निकाल्न जाँदा ८७ वर्षीया धनमायाको पनि जलेर मृत्यु भएको बताइएको छ ।

स्थानीय प्रत्यक्षदर्शीले आगलागी हुन थालेपछि धनमायाले आफ्नी छोरीलाई लिन गएकी थिइन् । ग्यास चुहिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको भए पनि प्रहरीले यसबारे अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

बिहान ८ः१५ बजे सुरु भएको आगो धरानका दुई र इटहरीको एक दमकलले निभाएका थिए । योबाहेक जनपद, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले पनि आगलागी नियन्त्रणमा सहयोग गरेका थिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *