काठमाडौं : प्रतिनिधि सभा विघटनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको भेलाले पनि तिव्रता पाएको छ।
शनिबार ओली पक्षका धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा जारी भेलामा केन्द्रीय सदस्य, जिल्ला कमिटी र सचिवहरु भेला भएका छन्। पूर्व सभामुख तथा स्थायी कमिटी सदस्य सुवास चन्द्र नेम्वाङ, प्रदेश १ कम मुख्यमन्त्री शेरधन राई, शिवमाया तुम्बाहाम्फेलगायत उपस्थित छन्।






