काठमाडौं : राजनीतिक रूपमा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ।
गौतम शुक्रबार बिहान प्रचण्डनिवास खुमलटार पुगेका थिए। दुई नेताबीच आधा घण्टा कुराकानी भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए।
उनीहरुबीच भएको कुराकानीबारे जानकारी दिइएको छैन। तटस्थ बनेका वामदेवलाई प्रचण्डले आफ्नो समूहमा आउन आग्रह गरिरहेका छन् भने गौतमले पार्टी एकतामै जोड दिइरहेका छन्।





