Home / Politics / सरकारद्वारा संसदमा विचाराधीन एमसीसी पारित गराउने तयारी

सरकारद्वारा संसदमा विचाराधीन एमसीसी पारित गराउने तयारी

काठमाडौं । लामो समयदेखि विवादित र संसदमा विचाराधीन एमसीसी पारित गराउने तयारीमा सरकार लागेको छ । जसकालागि लागि छलफल गर्न अहिले नेकपा सचिवालय बैठक जारी छ ।

नेकपा सचिवालय बैठकमा आज एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुँदैछ । सरकारको नेतृत्व गरेको दल भएकाले नेकपाले एमसिसी पास गर्न जोड गर्दै आएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आजको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र नेकपा नेता भीम रावललाई पनि बोलाइएको छ ।

अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजनाबारे विवाद उत्पन्न भएपछि नेकपाले पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्व, भीम रावल  र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन–सुझाव कार्यदल बनाएको थियो ।

केन्द्रीय कमिटीले दिएको म्यान्डेट अनुरूप कार्यदलले फागुन दोस्रो साता नै प्रतिवेदन तयार पारेर बुझाइ सकेको थियो ।

सचिवालय  र स्थायी कमिटीमा छलफल हुनुपर्ने भन्दै कार्यदलले प्रतिवेदन सार्वजनिक समेत गरिसकेको छ । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समेत सरकारलाई एमसीसी छिटो पारित गर्न दबाब दिँदै आएको छ भने प्रधानमन्त्री ओलीले संसदमा गरेको सम्बोधनमा पनि यसै अधिवेशनमा एमसीसी अनुमोदन गर्ने बताइसकेका छन् ।
 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *