Home / Nepal / News / आजबाट सहिद सप्ताह शुरु

आजबाट सहिद सप्ताह शुरु

काठमाडौं : काठमाडौं महानगरपालिकाले हरेक वर्ष सहिद सप्ताह मनाउने गरेको छ। काठमाडौंको टेकु पचलीस्थित शनिबार शहिद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएको स्थानमा उनको शालिकमा माल्यापर्ण तथा श्रद्धाञ्जली अर्पण गर्दै सहिद सप्ताह शुरु गरिएको छ।

त्यस्तै, शुक्रराज शास्त्री जहाँनिया राणा शासनको विरुद्द लड्ने चार सहिदमध्ये एक हुनुहुन्छ । सहिद सप्ताहका बाँकी कार्यक्रमहरुमा माघ १३ गतेसहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा, माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुने छ ।

काठमाडौं महानगरपालिकाले माघ १६ गते शान्तिबाटिकाबाट प्रभात फेरी निकालेर सहिद स्मारक लैनचौर पुगेर सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली सभा गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *