Home / Politics / समर्थन फिर्ता लिने ‘मुड’मा छैन माओवादीे, बोलायो स्थायी कमिटी बैठक

समर्थन फिर्ता लिने ‘मुड’मा छैन माओवादीे, बोलायो स्थायी कमिटी बैठक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक आज बिहान ९ बजे बोलाएको छ।

नेता देव गुरुङका अनुसार राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक आज बस्न लागेको हो। सर्वोच्च अदालतले नेकपा नाम विवादमा गरेको फैसलाले पूर्व एमाले र पूर्व माओवादी साविककै अवस्थामा फर्किएका छन्।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने नेताहरुले बताएका थिए। तर, सरकारलाई दिइएको समर्थन फिर्ता लिनेबारे माओवादी अझै निर्णयमा पुगिसेकेको छैन। नेता गुरुङ अझै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउँछन्।

“संविधान कानुन केही पनि नमान्ने भएपछि समर्थन फिर्ता, नफिर्ताको कुनै अर्थ छैन। समर्थन फिर्ताभन्दा पनि पुस ५ को कमद सर्वोच्चले असंवैधानिक भनेर ठहर गरेपछि ओलीले राजीनामा दिनुपर्ने हो। त्यो भन्दा ठूलो के हुन्छ र ?,” उनले भने।

माओवादीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पनि शुक्रबार समर्थन फिर्तागर्नेबारे छलफल भए पनि निष्कर्षमा पुगिनसकेको बताएका थिए।

उनले प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र एमालेका नेता माधवकुमार नेपाल समूहसँग छलफल गरेर मात्रै सरकारलाई दिएको समर्थन फिर्ताबारे टुंगोमा पुग्ने बताएका थिए। आजको छलफलमा सरकारलाई दिएको समर्थनबारे छलफल नहुने नेता गुरुङले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *