Home / Nepal / News / मनकामना स्मार्ट लघुवित्तको आइपीओ सोमबार बाँडफाँट हुदैं २ प्रतिसत आबेदकले मात्र शेयर पाउने

मनकामना स्मार्ट लघुवित्तको आइपीओ सोमबार बाँडफाँट हुदैं २ प्रतिसत आबेदकले मात्र शेयर पाउने

असार १७ गते देखि २१ गतेसम्म निष्काशन गरी बिक्रीमा ल्याएको मनकामना स्मार्ट लघुवित्तको सर्वसाधारणलाई गरेको प्राथमिक शेयर (आइपीओ) भोलि असार २८ गते सोमबार बाँडफाँट हुने भएको छ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार सोमबार विहान ९:३० बजे बाँडफाँट हुने जनाएको छ।

लघुवित्तले गत शुक्रबार प्रि अलटमेन्ट गरेर आईपीओ बाँडफाँटको लागि नेपाल धितोपत्र बोर्डसगँ अनुमति माग गरेकोमा बोर्डले अनुमती दिए पछी सोमबार बिहान लघुवित्तको आईपीओ बाँडफाँट गर्ने भएको हो ।

लघुवित्तको आइपीओमा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो।

आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँट गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने भएका हुन । जुन कुल आबेदकको २ % भन्दा कम संख्या हो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *