जनकपुरधाम : धनुषामा आफ्नै बुवा र श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेको छ।
मिथिला विहारी नगरपालिका–५, ललियाका ५५ वर्षीय रामवृक्ष मण्डल र ३५ वर्षीया अमरिकादेवी मण्डलको हत्या आरोपमा भागेश्वलाई पक्राउ गरिएको धनुषाका प्रहरही नायब उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
प्रहरीका अनुसार घरायसी विवादका क्रममा उनीहरूको गए राति हत्या गरेर खाल्टोमा गाडेको भागेश्वरले स्वीकार गरेका छन्। हत्या गरेर बारीको झाडीनजिक शव गाडेको उनले प्रहरीसमक्ष बयान दिएका छन् ।
भागेश्वरले उनको बुवा रामवृक्ष र श्रीमती अमरिकाबीच अनैतिक सम्बन्ध रहेको बताएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार भागेश्वर एक वर्षअघि वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । दुवैजनाको हत्या गरेर शव गाडिएको भन्दै आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको हो। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






