काठमाडौं-: प्रधानमन्त्री केपी शर्मा ओलिले गरेको सम्सद भङ्गको बिरोध र बचाउको मिश्रीत प्रतीक्रीया आइरहेको बेला नेपालकम्यनिष्ट पार्टी ( नेकपा ) का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपि शर्मा ओलिको बचाउ गर्दै संसद विघटन गर्ने कार्य सही भएको दावी गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले आइतबार बेलुका सामाजिक सञ्जाल फेसबुमार्फत प्रधानमन्त्री ओलीलाई संसद विघटन गर्नुपर्ने बाध्यात्मकअवस्था आएको दाबी गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन् ‘पार्टी एकताको मर्म विपरितको समिकरण,पार्टी विधानको व्यवस्था विपरित पहिलो वरियताका अध्यक्षतथा प्रधानमन्त्रीका विरुद्धको संगिन आरोप सहितको अर्का अध्यक्षको एकल प्रस्ताव र दलभन्दा वाहिरवाट अविश्वास प्रस्ताव दर्ताकोचलखेल रोक्ने प्रयास असफल भएपछिको वाध्यात्मक कदमका रुपमा ताजा जनादेशमा जाने निर्णय आएको हो ।
पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको अवस्थामा नयाँ जनादेश खोजी लोकतन्त्रमा स्वभाविक मानिन्छ । चुनावले लोकतन्त्रसुरक्षित र सुदृढ हुन्छ । सडक आन्दोलनको वाटोले प्रतिकृयावादी र दक्षिणपंथीहरुलाई फाईदा पुर्याउन सक्छ । गंभीर र जिम्मेवार बनौ।’
https://www.facebook.com/100004376774206/posts/1747589635396912/?d=n






