Home / Nepal / News / १२ वर्ष मुनीका बालबालिका र ६० वर्ष माथिका नागरिकलाई घरबाहिर ननिस्किन आग्रह

१२ वर्ष मुनीका बालबालिका र ६० वर्ष माथिका नागरिकलाई घरबाहिर ननिस्किन आग्रह

काठमाडौं । सरकारले १२ वर्ष मुनीका बालबालिका र ६० वर्ष माथिका जेष्ठ नागरिकलाई घरबाहिर ननिस्किन आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम १२ वर्ष मुनीका बालबालिका र ६० वर्ष माथिका जेष्ठ नागरिकलाई धेरै हुनेभन्दै सो उमेर समूहका व्यक्तिलाई घरबाहिर ननिस्किन सरकारले आग्रह गरेको हो । 

काठमाडौं जिल्ला प्रशासनले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा अत्यावसेक काम परे पनि १२ वर्ष मुनीका बालबालिका, ६० वर्ष माथिका जेष्ठ नागरिक र दीर्घ रोगीहरुलाई घरबाहिर ननिस्किन भनेको हो । 

काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा भदौ २४ गतेसम्मका लागि निषेश आदेश जारी गरेको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासनले निषेध आदेश जारी गर्दै आएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *