काठमाडौं । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शिलत निवास लागेपछि पार्टीको जारी स्थायी समितिको बैठक भने वालुवाटारमा सुरु भएको छ ।
निर्धारित समयमा प्रधानमन्त्री ओली आइनपुगेपछि प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो ।
प्रधानमन्त्री निवास वालुवाटारमा ११ बजेका लागि डाकिएको बैठक प्रधानमन्त्री नआएपछि सवा १२ बजेपछि सुरु भएको छ ।
प्रधानमन्त्री ओलीले आजै १२ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाउनुभएको छ ।






