कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा रहेको मलखाद बरामद गरेको छ ।
प्रहरीले २ लाख १९ हजार ३५० रुपैयाँ मूल्य बराबरको युरिया मल ८० बोरा, डीएपी मल ७७ बोरा र पोटास ३ बोरा बरामद गरेको हो ।
प्रहरीले सवारी जाँच गर्ने क्रममा लु१त ३८३३ र लु२च ७००३ नम्बरको सवारी साधनहरु सडकमै बेवारिसे अवस्थामा फेला पारी तलासी गर्दा उक्त सामानहरु फेला पारी बरामद गरेको हो ।
बरामद मल तथा सवारी साधनहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय तौलिहवा कपिलवस्तु पठाइएको छ ।






