Home / Nepal / आज संक्रमित २८८ जनामध्ये ४ जना काठमाडौ मेडिकल कलेजका स्वास्थ्यकर्मी

आज संक्रमित २८८ जनामध्ये ४ जना काठमाडौ मेडिकल कलेजका स्वास्थ्यकर्मी

काठमाडौ । कोरोना भाइरसबाट मंगलबार संक्रमित भएका २८८ जनामध्ये ४ जना स्वास्थ्यकर्मी रहेका छन् । उनीहरु काठमाडौ मेडिकल कलेजका स्वास्थ्यकर्मी रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको बताए ।

उनले भने “आज कोरोना संक्रमण देखिनेमा ४ जना स्वास्थ्यकर्मी रहेका छन्, जसमा ३ जना २४ देखि ३० वर्ष उमेर समूहका महिला र १ जना २८ पुरुष रहेका छन् ।”
कुल कोरोना संक्रमितको संख्या २ हजार ९९ जना रहेको मन्त्रालयले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *