काठमाडौं । काठमाडौंमा बुधबार ७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार काठमाडौंमा ७ जना थपिएका जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँका चार जनामा कोरोना संक्रमण भेटिएको हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुई जना र त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना देखिएको उनले जानकारी दिए ।
मंगलबार काठमाडौमा २ जना, सोमबार काठमाडौंका ९ जना संक्रमित थपिएका थिए ।






