Home / Nepal / काठमाडौं उपत्यकामा बिहीबार ३७७ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा बिहीबार ३७७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार ३७७ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा  ३७७ जना कोरोना संक्रमित उपत्यकामा थपिएका हुन् । 

उनका अनुसार बिहीबार काठमाडौंमा २७० जना, भक्तपुरमा ४१ र ललितपुरमा ६६ कोरोना संक्रमित देखिएका हुन् । 

बुधबार काठमाडौंमा २३० जना, भक्तपुरमा २४ र ललितपुरमा ४७ गरी उपत्यकामा ३०१ कोरोना संक्रमित थपिएका थिए । मंगलबार काठमाडौंमा १९९ जना, भक्तपुरमा १४ र ललितपुरमा १९ जना गरी २३२ कोरोना संक्रमित देखिएका थिए ।

सोमबार काठमाडौंमा १७७, ललितपुरमा ३३ र  भक्तपुरमा १४ गरी २२४ संक्रमित थपिएका थिए ।  आइतबार काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ गरी १६६ संक्रमित थपिएका थपिएका थिए ।  पछिल्लो २४ घण्टामा ८८५ जना कोरोना संक्रमित थपिएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *