Home / Nepal / News / काठमाडौं उपत्यकामा २३ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा २३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा २३ जना कोरोना संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका छन् । 

 उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ६ जना र पाटन अस्पतालको प्रयोगशालामा १० जना गरी कुल १६ जनामा काठमाडौंमा देखिएका छन् । पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका ७ जनामा कोरोना देखिएको उनले जानकारी दिए ।

त्यसैगरी देशभरका ७७ जिल्लामा फैलिएको कोरोना संक्रमण पाँच जिल्लामा संक्रमण शून्य देखिएको छ । 

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा संक्रमण शून्य देखिएको हो । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *