टोकियो । शुक्रवार जुलाई ३१ तारिख पनि जापानभर कोरोना संक्रमण हालसम्मकै उच्च देखिएको छ ।
शुक्रवार राती १२ बजेसम्मको डाटा अनुसार जापानभर पहिलो पटक एकैदिन १,५८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानमा केहिदिन यता हरेक दिन उच्च नयाँ रेकर्ड कायम हुँदै आएको छ ।
शुक्रवार टोकियोमा ४६३ जना,ओसाकामा २१६ जना, आईची केनमा १९३ जना,फुकुओका केनमा १७० जना,ह्योगो केनमा ६२ जना,साईतामा केनमा ५७ जना,ओकिनवा केनमा ७१ जना, खानागावा केनमा ५३ जना,चिबा केनमा ३५ जना,क्योउतोमा २९ जना,होक्काईदोमा १५ जना,आओमोरी केनमा १ जना,मियागी केनमा २ जना,यामागाता केनमा १ जना, फुकुसिमा केनमा २ जना,ईबाराकी केनमा १४ जना,तोचिगी केनमा ४ जना,गुन्मा केनमा ३ जना,निईगाता केनमा ८ जना,ईसिखावा केनमा १ जना,फुकुई केनमा २ जना,यामानाशी केनमा ३ जना,नागानो केनमा २ जना,गिफु केनमा १९ जना,सिजुओका केनमा २० जना,मिए केनमा १० जना,सिगा केनमा ३ जना,नारा केनमा ७ जना,वाखायामा केनमा ८ जना,तोत्तोरी केनमा ४ जना,ओखायामा केनमा ३ जना,हिरोसिमा केनमा १९ जना,तोकुसिमा केनमा १ जना,सागा केनमा ७ जना,नागासाकी केनमा ८ जना,कुमामोतो केनमा १८ जना,ओईता केनमा २ जना,मियाजाकी केनमा २० जना,खागेसिमा केनमा १६ जना र एयरपोर्ट क्वारेन्टाईनमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जापानमा हालसम्म ३७ हजार १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये २५ हजार ५ सय ८८ जनाले स्वास्थ्य लाभ लिएका छन् भने १ हजार २४ जनाले ज्यान गुमाएका छन् ।






