Home / Sports / इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्ट्स सेमिफाइनलमा

इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्ट्स सेमिफाइनलमा

काठमाडौं : इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले स्पाललाई ४–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। युभेन्ट्सलाई जित दिलाउन आल्भारो मोराटा, फोर्बाटा, डिजान कुलुसेभास्की र फेडेरिको चेइसाले एक/एक गोल गरे।

खेलको १६औँ मिनेटमा मोराटाले गोल गर्दै टिमलाई अग्रता दिलाए। ३३औँ मिनेटमा फोर्बाटाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे। ७८औँ मिनेटमा डेजानले गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाए। खेलको इन्ज्युरी समयमा फेडेरिकोले गोल गर्दै टिमलाई ४–० को जित दिलाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *