विराटनगर । कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका एक नेताको मृत्यु भएको छ ।
नेपाली कांग्रेस मोरङ क्षेत्र न. १ प्रदेश सभा ख का सभापती तथा महासमिती सदस्य इश्वरी प्रसाद कोइरालाको शुक्रबार बिहान मृत्यु भएको हो ।
उनको बिराटनगरस्थित बिराट अस्तालमा उपचार हुँदै आएको थियो । केहि दिन अघिदेखि ज्वरो र खोकीको समस्या सुरु भएका कोइराला अस्पताल भर्ना भएका थिए।
निकै गाह्रो भएपछि अस्पताल पुगेका उनलाई भेन्टिलेटर राखेर उपचार हुँदै गरेको अवस्थामा शुक्रबार बिहान १०:२१ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
उनको निधनको लेटाङ काङ्ग्रेसका नगर सहसचिब राम मणि बरालले पनि पुष्टि गरेका छन्।






