काठमाडौं: केन्द्रीय बैंकले भुक्तानीसम्बन्धी एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै बुधवारदेखि मोबाइल बैंकिङ कारोबारको सीमा प्रतिदिन रू.२ लाखसम्म गर्न पाउने व्यवस्था गरेको छ।
विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राखेर नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत हुने दैनिक कारोबार सीमा बढाएको हो। यसैगरी धितोपत्रको कारोबारका लागि तोकिएको सीमा समेत हटाएको छ ।
अब अनुमतिप्राप्त धितोपत्र दलालहरूसँग धितोहरूको कारोबारबापत तोकिएको बैंक खातामा जति रकम पनि भुक्तानी गर्न मिल्ने छ। यस्तै इन्टरनेट बैंकिङमार्फत मर्चेन्ट पेमेन्ट र खातामा ट्रान्सफर दैनिक रू. १० लाखसम्मको सिमालाइ बढाएर २० लाख रुपैयाँ पुर्याइएको छ।






