पछील्लो २४ घन्टामा देशभर २ हजार ८ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छभने संक्रमणबाट ३० जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ६ सय १६ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ८३८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आठ हजार ७१५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ९१८ जनामा र तीन हजार ९०१ जनाको एन्टिजेन परीक्षण गर्दा ९२० जनामा कोरोना देखिएको हो। हाल सम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ६ सय ३७ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट मुक्त हुनेको संख्या १ हजार ४७५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार थपिएका सहित सक्रिय संक्रमितको संख्या २६ हजार ८ सय ३२ रहेको मन्त्रालय ले जनाएको छ।






