Home / Nepal / News / पछिल्लो २४ घण्टामा कोरोना संक्रमित २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित २३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । 

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ । सोही अवधीमा १ हजार ६१४ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा १ हजार ४३७ संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ । हालसम्म संक्रमित मध्ये २ लाख ९ हजार ४३५ निको भइसकेका मन्त्रालयले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *