Home / Society / पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु १ हजार ७ सय ३ जना नयाँ सन्क्रमीत थपिए

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु १ हजार ७ सय ३ जना नयाँ सन्क्रमीत थपिए

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय २२ सहित १ हजार ७ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार १ हजार २ सय ३६ जना डिस्चार्ज भएका छन २३ जनाको मृत्यु भएको छ। यो सहित देशभरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ३५ पुगेको छ।

शुक्रबार देशभरीमा १ हजार ७ सय ३ जना कोरोना सन्क्रमीत थपिएसँगै संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेका छन। यसै गरी देशभर अहिले १७ हजार २ सय ३७ जनामा कोरोनाका सक्रिय संक्रमित रहेका छन।

पछिल्लो २४ घण्टामा १ हजार २ सय ३६ जना कोरोना जितेर डिस्चार्ज भएका छन। यो सँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *