सुनसरी : सुनसरीको देवानगंज गाउँपालिकामा एक युवतीलाई अपहरण गरेर बलात्कार गरेको खुलासा भएको छ।
गत जेष्ठ १७ गते सोमबारका दिन देवानगंज गाउँपालिका वडा नम्बर २ को निरन्जन पासवानले सोही वडाको १७ वर्षीया एक युवतीलाई बिहानको छ बजे अपहरण गरेर उखु खेतमा लगेर बलात्कार गरेको आरोप छ। तर आरोपी खुलेआम घुमी रहे पनि संवन्धित निकाय यस विषयमा बेखबर रहेको पिडित परिवारले गुनासो गरेका छन्।
युवतीका अनुसार आफु सहित तीनजना युवतीले बिहान मकै टिप्न जाने क्रममा बाटोबाट एक्कासि बिहानको छ बजेको समयमा मुख बन्द गरी अपहरण गरेर उखु खेतमा लगेर बिहानको ९ बजे सम्म मलाई बन्धक बनाइ पटक पटक बलात्कार गरेको बताइन्। आफु बच्नको लागि चिच्याउन खोज्दा खेरि कपडाले मुख बन्द गरेको र आफुलाइ गालामा कुटपिट गरेर बलात्कार गरेको बताइन्।
पीडित युवतीको जिल्ला अस्पताल इनरुवामा स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको र जिल्ला प्रहरी कार्यालय सुनसरीमा मुद्दा दर्ता गरिसकेको पीडितका बुबाले बताए।
जिल्ला प्रहरी कार्यालय सुनसरीले पीडीत पक्षको उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरेको बताएको छ। प्रहरी प्रमुख कमल थापाले आरोपित फरार भएकाले खोजि कार्य जारी राखिएको बताए।






