रौतहट । रौतहटमा मङ्गलबार एकैदिन ७४ जनामा कोरोना भाईरसको संक्रमित देखिएको छ । यससंगै रौतहटमा कोरोना भाईरसको संक्रमित संख्या ३ सय ७ पुगेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाए अनुसार राजपुर नगरपालिका–२१, राजदेबी नगरपालिका–१८, दुर्गाभगबती गाउपालिका– १४ गौर नगरपालिका–१३ परोहा नगरपालिका–४ यमुनामाई गाउपालिका–३ गडिमाई नगरपालिका–१ रहेका छन् ।
थपिएका नया संक्रमितको अबस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्यकर्मीको निगरानीमा रहेको जनाइएको छ ।
नया देखिएका कोरोना भाईरसको संक्रमितहरु रोजगारी गरेर भारत बाट फर्कि आएका हुन ।
उनीहरु सबै सम्बन्धित पालिकाको क्वारेन्टाईनमा बसेपछि पिसिआर परिक्षण गरिएको हो ।
कोरोना भाईरसको संक्रमित लाई जिल्लाकै आईसोलेसनमा स्थानान्तरण गरिने जनस्वास्थ्य प्रमुख महेश साहले बताउनु भयो ।
रौतहटको चन्द्रपुर र फतुवा बिजयपुर नगरपालिका बाहेक सबै पालिकाको क्वारेन्टाईनमा बसेकाहरु कोरोनाको भाईरसको संक्रमण देखिएको हो ।






