Home / Nepal / News / बाह्रबिसेमा खाेलाले बजार बगायाे, १९ बेपत्ता, २ काे शव भेटियाे

बाह्रबिसेमा खाेलाले बजार बगायाे, १९ बेपत्ता, २ काे शव भेटियाे

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका गातीको जम्बु बजार खाेलाले बगाएकाे छ ।

बुधबार रातिबाट परेकाे  अविरल बर्षाका कारण माथिबाट आएको ठाडो खोलाले बजार बगाउँदा १५ घरका १९ जना सम्पर्कविहीन भएका छन् । २ जनाको शव फेला परेको छ । ठूलो मात्रामा जनधनको क्षति भएको छ । बेपत्ताकाे खाेजी कार्य जारी रहेकाे बताइएकाे छ ।

राससका अनुसार गएरातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ ।

उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन् ।

बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन । बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताइन् ।  “खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन”, उनले भनिन् ।  निरन्तर पानी परिरहेकाले पहिरो आएको हो । भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *