स्मृति खनिया
सूर्यमुखी फूलको वैज्ञानिक नाम हेलिएन्थस अ्यान्युअस (Helianthus annuus) हो । ठूला-ठूला थुंगा भएको फूल फुल्ने यो वनस्पति अमेरिकाको रैथाने वनस्पति हो । सुर्यमुखी हेलिएन्थस अ्यान्युअस नामक वनस्पतिमा फुल्ने फूलको नाम हो ।
जता सूर्य छ त्यतै यसले आफ्नो मोहडा फर्काउने भएर यसको नाम नै सूर्यमुखी भएको हो, अक्जिनको कारणले गर्दा सूर्यमूखी फूल सूर्यतिर फर्किने गर्दछ । यसलाई नेपालमा तारामण्डल पनि भनिन्छ। यसको मूख्य उपयोग बगैंचा तथा घर सजावटमा हुने गर्दछ भने यसको बिऊ तेलहनको रूपमा प्रयोग गरिन्छ।
त्यसैले यसलाइ एक महत्त्वपूर्ण तेलहन बालिको रुपमा लिइन्छ। तेलबालिमा बिस्वमा यसको चौथो स्थान छ।
महत्त्व :
यसको दाना स्वादिस्ट हुन्छ र बदम सरह काचै वा भुटेर खान सकिन्छ। यसको तेल उच्च कोटिको हुन्छ। यसको तेलमा भिटामिन , प्रोटिन , खनिज पदार्थ प्रसस्त रुपमा पाइन्छ।चिल्लो पदार्थ हाम्रो शरीरलाई चाहिने आबसयक पोषक तत्त्व हरु मध्ये एक हो।
चिल्लो ले शरीरमा शक्ति प्रदान गर्नुका साथै शरीरको बनाउने र टुट्फुट मर्मत गर्ने काम गर्दछ। यसमा कोलस्ट्रोल नभएकाले स्वास्थ्यको लागि राम्रो मानिन्छ। यसको खेती सम्भाब्यता नेपालको तराइको भेगमा प्रसस्त मात्रमा छ।
१) पौस्टिक महत्त्व :
यसको तेलमा ६८% लिनोलेनिकको साथै पाली अन्सेचुरेटेड फेटि एसिड हुन्छ जसले मानव शरीरको रगतमा कोलेस्ट्रलको मात्रा घटाउने काम गर्छ।यसको खलिमा ४२-४५% प्रोटिन ,४०९ ग्राम / किलो भिटामिन बि कम्प्लेक्स र ६-९% खनिज , फस्फोरस , क्यालसियम , आइरन पाइन्छ। खलिमा पाइने प्रोटिन ९४% सुपाच्य हुन्छ र यसमा एमिनो एसिड पाइने हुदा जनाबरको दानाको लागि अति उपयोगी हुन्छ ।
२) बिउको महत्त्व :
सुर्यमुखीको बीउ कपनासक तथा मुत्रबर्धक हुन्छ । यसका कारण यसको प्रयोग श्रास तथा फोक्सोको रोगमा गर्न सकिन्छ। रुघाखोकीमा पनि यो लाभकार हुन्छ। यसको १०० ग्राम बिउमा १९.८ ग्राम तेल, ५३ ग्राम कार्बोहाइड्रेट , १७.९ ग्राम क्यालोरी,६२० आइ यु(IU) , क्यालसियम २८० मि.ग्राम , फलाम ६० मि. ग्राम , नियोमाइसिन ४.५ मि.ग्राम , राइबोफलोबिन ०.२ ग्राम , थाइमिन ०.८६ मि. ग्राम पाइन्छ।
३) तेलको महत्त्व : यसको बिउबाट ४५.४७% सम्म तेल निकाल्न सकिन्छ। यसको तेलमा लिनोलेनिक अम्ल अधिकतम ६८-७१% पाइन्छ, त्यसकारण यसको प्रयोग गर्नाले शरीरमा क्लोस्ट्रोल मात्रा बिस्तारै घटन थाल्छ।
रगतमा क्लोस्ट्रोल बढेमा रक्तचाप हृदय रोग बढ्न थालछ। यसको तेलमा अधिक मात्रामा लिनोलोनिक अम्ल भएकाले रिफाइन गरिएको तेल धेरै समयसम्म सुरछित राक्न सकिन्छ। यसको तेल अलि ढिलो सम्म तात्ने भएकाले भोजन बनाउदा कम नोक्सान हुन्छ।
यसको तेल मेसिनमा राख्न , शरीरमा मालिस गर्न , कपालमा लगाउन , साबुन बनाउन आदि काममा प्रयोग गरिन्छ।
४) पिनाको महत्त्व :
सुर्यमुखिको पिना पशु तथा पशुपछिको लागि पौष्टिक आहार हुन्छ। यसमा ४२-४६% सम्म उच्च कोटिको प्रोटिन पाइन्छ, यसमा थायमिन , एमिनो एसिड, क्यारोटिन , क्याल्सियम आदि पोस्क तत्तवहरु खालिमा भन्दा बढी पाइन्छ, पेलेको पिना बिस्कुट आदि बनाउन प्रयोग गरिन्छ।
यसमा मिथायोनियन नामक एमिनो एसिड बढी हुन्छ त्यसैले यो मिलाएर बनाएको खाध्यबस्तुको पौष्टिकता बढ्छ।
नेपालमा सुर्यमुखी खेतिको सम्भावना हुदा हुँदै पनि यो खेतिको बिकास र बिस्तार हुन नसक्नु का मुख्य कारण हरु यसप्रकार छ्न:
१)देशमा तेल प्रसोधन उधोगको कमि,
२)सिचाइको कमि ,
३)तेलको महत्त्व आम जनमानसमा ज्ञात नहुनु ,
४) सुगाको प्रकोप
५) किसानमा गुणस्तरीय बीउ उपलब्ध नहुनु
६) आम कृषकमा प्राबिधिक ज्ञान को कमि हुनु ।
माथिका यी सबै कुरालाइ आत्मसात गरि ब्याबसायिक खेती तर्फ उन्न्मुख हुन सके , नगलेबालिको रुपमा बिकास गर्न सकिने प्रसस्त सम्भावना रहन्छ।
लेखक : स्मृति खनिया (लमजुङमा ISc Agriculture अध्यनरत विद्यार्थी )






