काठमाडौं : स्नातक अथवा सो भन्दा माथी अध्यन गरेकाहरुलाइ आफ्नो शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ ।
आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुने अर्थमन्त्री पौडेलले बताउनु भएको छ ।






