Home / Nepal / गोरखामा मंगलबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि

गोरखामा मंगलबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गोरखामा मंगलबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भीमसेन थापा गाउँपालिकाका १२, शहिद लखन गाउँपालिकाका ३ र बारपाक सुलिकोट, गण्डकी र अजिरकोट गाउँपालिकाका १ र १ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै गोरखामा संक्रमितको संख्या ६९ पुगेको छ । त्यसमध्ये ८ जना निको भएर घर फर्किसकेका छन् ।
मंगलबार थपिएका संक्रमितमा ३ वर्षीय बालकदेखि ५८ वर्ष उमेर समूहका छन् ।

उनीहरु मध्ये अधिकांश भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका हुन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *