Home / Nepal / सुनचाँदीको भाउ घट्नेक्रम जारी सोमबार पुनः ८०० ले घट्यो

सुनचाँदीको भाउ घट्नेक्रम जारी सोमबार पुनः ८०० ले घट्यो

काठमाडौं : सुनचाँदीको भाउ घट्नेक्रम सोमबार पनि जारी रहेको छ। गत शुक्रबारको तुलनामा आइतबार एकैदिन तोलामा २ हजार ३०० रुपैयाँले ओरालो लागेको सुनको भाउ सोमबार पुनः ८०० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ। हिजो आइतबार तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको भाउ पनि तोलामा ८०० ले घटेर तोलाको ९१ हजार ७०० कायम भएको महासंघले जनाएको छ । हिजो तोलाको ९२ हजार ५ सय कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले झरेर १२ सय ३० रुपैयाँमा आइपुगेको छ । हिजो १२ सय ७० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा गिरावट आएसँगै स्थानीय बजारमा पनि सुनचाँदीको भाउ घटेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *