काठमाडौं : जिपको ठक्करबाट चार वर्षीय बालकको मत्यु भएको छ। बझाङको केदारस्युँ गाउँपालिका–४, बागथला बजारनजिकै स्थानीय अनिल रावलका छोरा योगेन्द्रको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र देउरामा मृत्यु भएको जनाइएको छ।
बागथलाबाट देउरातर्फ जाँदै गरेको से१ज ९६८ नम्बरको जिपले हिजो बेलुका करिब ८ बजे बाटो ‘क्रस’ गर्दै गरेका बालकलाई ठक्कर दिएको थियो।
जिपसहित फरार रहेका चालकको खोजी भइरहेको अस्थायी प्रहरी पोस्ट बागथलाले जनाएको छ ।






