Home / Nepal / News / भक्तपुर, महोत्तरी, तेह्रथुम र बर्दियाका विभिन्न स्थानमा चारजना मृत अवस्थामा फेला

भक्तपुर, महोत्तरी, तेह्रथुम र बर्दियाका विभिन्न स्थानमा चारजना मृत अवस्थामा फेला

काठमाडौं : भक्तपुर, महोत्तरी, बर्दिया र तेह्रथुमका विभिन्न स्थानमा चारजना मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुर, चाँगुनारायण नगरपालिका ४ फुलबारी डेरा गरी बस्ने काभ्रे खानीखोला गाउँपालिका ७ घर भएकी ३६ वर्षीया अन्तरीमाया थिङ आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् । महोत्तरी, बर्दिबास नगरपालिका १४ सुभम बस्ती बस्ने गोमा श्रेष्ठको घरको बाथरुममा धनुषा मुखियापट्टी मुसरनिया गाउँपालिका २ बस्ने २८ वर्षीय बेचन महतो मृत अवस्थामा फेला परेका छन् ।

बर्दिया, राजापुर नगरपालिका ७ बेलासा बस्ने ६३ वर्षीय तुल्सिराम थारु आफ्नै घरदेखि करिब ३ किलोमिटर टाढा कुलोमा मृत अवस्थामा फेला परेका छन् । तेह्रथुम, फेदाप गाउँपालिका १ स्थित कोया खोला र तमोर नदीको दोभानमा सोही गाउँपालिका १ बस्ने ६१ वर्षीय शेर बहादुर तामाङ मृत अवस्थामा फेला परेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *