Home / Nepal / News / पूर्व राजदूत तथा ब्यवसायी रुक्मशमशेर राणाको निधन

पूर्व राजदूत तथा ब्यवसायी रुक्मशमशेर राणाको निधन

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव तथा ब्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ।

काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा आज शनिबार बिहान निधन भएको हो। उनको आइतबार दाहसंस्कार गरिनेछ।

राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका संस्थापक उद्यमी मध्येका एक हुन् ।

भारतका लागि पूर्व नेपाली राजदूतसमेत रहेका राणाले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको जिम्मेवारी निभाउनुका साथै नेपाल ओलम्पिक कमिटीको जनरल सेक्रेटरी समेत रहेका थिए ।

राणाको जन्म सन १९३६ मार्च १२ मा भएको थियो। उनी नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमसेरका छोरा हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *