Home / Nepal / News / नलगाड नगरपालिकामा आगलागी हुँदा पाँच घर जलेर नष्ट

नलगाड नगरपालिकामा आगलागी हुँदा पाँच घर जलेर नष्ट

जाजरकोट : नलगाड नगरपालिका–८ मङ्सिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्।

स्थानीय नौँधारी जङ्गलमा लागेको आगो गाउँ पस्दा पाँच घर जलेको हिमालय आधारभूत विद्यालयका शिक्षक मनोद शर्माले जानकारी दिए।

उनका अनुसार अम्मरबहादुर सिंह, खड्क सिंह, वेदराज सिंह, चन्द्रबहादुर सिंह र यज्ञबहादुर सिंहको घर जलेका हुन्। घरभित्र रहेका लत्ताकपडा र पशुचौपाया समेत जलेका छन्।

नलगाड नगरपालिकाका सबैभन्दा उच्च भाग र हावाहुरी अत्याधिक लाग्ने ठाउँ भएका कारण आगो नियन्त्रणमा लिन नसकिएकाले बढी क्षति भएको हो।

गए राति भएको सो घटनापछि पीडित परिवार खुला आकाशमुनि मा बस्न बाध्य भएको प्रहरीले जानकारी दिएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *