काठमाडौं : कैलालीको गोदावरी नगरपालिका–४, गोदावरीमा बिहीबार ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बैतडीको सिगास गाउँपालिका–५, बाजपानीका ३३ वर्षीय रामसिंह महराको मृत्यु भएको हो।
हिजो बेलुका करिब साढे ७ बजे महराले चलाएको से१ख ८५१ नम्बरको सिमेन्ट र जस्तापाता बोकेको ट्रक ‘ब्रेकफेल’ भई पछाडि सर्दा सडकबाट अन्दाजी ५५ मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ।
उनको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राति पौने १० बजे मृत्यु भएको हो।






