Home / Nepal / News / त्री बि शिक्षण अस्पतालका आवशिय चिकित्सकहरु द्वारा डा. केसि मागप्रति एक्यवद्धता

त्री बि शिक्षण अस्पतालका आवशिय चिकित्सकहरु द्वारा डा. केसि मागप्रति एक्यवद्धता

काठमाडौ । १२ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीका मागप्रति त्रिवि शिक्षण (टिचिङ) अस्पतालका रेसिडेन्ट (आवासीय) चिकित्सकहरुले ऐक्यबद्धता जनाएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा. केसी स्वास्थ्य अवस्था दिनप्रति नाजुक बन्दै गएको तर सरकार संवेदनशील नभएको जनाएका हुन् । (आज) असोज ९ गते सबै आवासीय चिकित्सकहरुले कालोपट्टी बाँधेर काम गर्ने र वार्ताका लागि सम्बन्धित निकाय उदासीन भए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

“१९औं सत्याग्रहको १२औं दिन भइसकेको छ। उहाँको स्वास्थ्य अवस्था दिनानु दिन नाजुक हुँदै गइरहेको भए पनि वार्ताका लागि कुनै पहल नभएकोप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ,” विज्ञप्तिमा भनिएको छ, न्यायको पक्षमा उभिएका समग्र चिकित्कस, नर्स, नर्सिङका विद्यार्थीसमेतलाई डा. केसीको समर्थनमा आउन आह्‍वान पनि गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *