Home / Nepal / अनलाइन सपिङ्ग दराज र डिजिटल भुक्तानी भिसाबीच साझेदारी

अनलाइन सपिङ्ग दराज र डिजिटल भुक्तानी भिसाबीच साझेदारी

काठमाडौं । अनलाइन बजार दराज र डिजिटल भुक्तानी टेक्नोलोजीमा विश्व लिडर भिसाबीच साझेदारी भएको छ । २०१८ मा अलिबाबाद्वारा अधिग्रहण भएदेखि, दराजले अलिबाबाको विशाल टेक्नोलोजी र अनुभवको लाभ उठाउदै आफ्नो ग्राहकहरुको लागि बढी सुविधाजनक, सुरक्षित र सजिलो अनलाइन पूर्वभुक्तानी विधिहरु विस्तार गर्दै आएको छ । यस साझेदारीलाई सुरू गर्दै दराज र भिसाले आफ्नो ग्राहकहरुलाई असोज १४ (सेप्टेम्बर ३०) सम्म भिसा कार्ड प्रीपेन्टमा १५५ छुट दिइरहेको जनाएका छन् । दराजमा ५,००० भन्दा बढी विक्रेताहरू र उनीहरुले बेच्ने इलेक्ट्रोनिक्स, किराना, देखि  फेसनसम्मका ४,५०,०० भन्दा बढी उत्पादनहरू रहेका छन् ।

ग्राहकहरुले यी मध्ये कुनै पनि छनौट गरि, आफुले दराजमा सेभ गरि राखेको भिसा कार्ड मार्फत पूर्वभुक्तानी गरे ५०० सम्मको अधिकतम छुट पाउनेछन् । यो अफर एक पटक मात्र प्रयोग गर्न सकिने र नेपालमा जारी भिसा क्रेडिट, डेबिट र प्रिपेड कार्डहरुमा लागु हुने जनाइएको छ ।  

“नेपालमा अनलाइन भुक्तान विधिहरूको विकासका लागि सामूहिक प्रयास आवश्यक छ। त्यसैले हामी भिसासँग मिलेर यस कार्य लाई अघि बढाउन एकदमै खुसी छौं। यो प्रारम्भिक प्रस्तावको साथ हामी हाम्रा ग्राहकहरुलाई पहिले देखिनै बढी सुविधाजनक र सुरक्षित अनलाइन पूर्वभुक्तानी विधि प्रयोग गर्दा थप लाभ प्रदान गर्न चाहन्छौं,“ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने ।

भिसामा मर्चन्ट सेल्स, अक्वेरिंग र  साइबरसोर्सका प्रमुख शैलेश पलले भने, “सामाजिक दूरीको आवश्यकतालाई ध्यानमा राख्दै डिजिटल भुक्तानी र अनलाइन शपिंग हाल एकदमै महत्वपूर्ण भएको छ । हामी अनलाइन खरीददारहरूलाई अनलाइन भुक्तानी सुविधा मार्फत एक सुरक्षित अनुभव प्रदान गर्न चाहन्छौँ र यसको लागी नेपालको अग्रणी अनलाइन बजार दराजसँग साझेदारी गर्न पाउँदा खुसी छौं।”

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *