Home / Politics / एमसिसीको बारेमा छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दै

एमसिसीको बारेमा छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ः०० बजे बस्ने गरी बैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

बैठकमाा यही असार १० र ११ गते बस्ने नेकपाको स्थायी कमिटी बैठकको तयारी, संसदीय समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकका विवादित विषय, संसद्मा दर्ता भएको अमेरिकी सहायता परियोजना (एमसिसी) अनुमोदनको प्रस्ताव आदि विषयमा छलफल हुने जनाइएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *