काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप एकसय ५६ जना थपिएको जानकारी दिए । उनले आज थप एक सय ५६ जना थपिएससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको बताए ।






