Home / World News / अमेरिकामा कोरोनाको कारण २४ घण्टामा एक हजार ४४२ व्यक्तिको मृत्यु

अमेरिकामा कोरोनाको कारण २४ घण्टामा एक हजार ४४२ व्यक्तिको मृत्यु

वाशिङ्टन । संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित एक हजार ४४२ व्यक्तिको मृत्यु भएको छ । 

शनिबार जोन हकिन्स विश्व विद्यालयद्वारा सार्वजनिक तथ्याङ्क अनुसार शनिबारसँगै लगातार चार दिन अमेरिकामा एक हजार २०० भन्दा बढी ब्यक्तिको कोभिड–१९ को महामारीबाट मृत्यु भएको हो । 

विश्वको सबैभन्दा बढी कोभिड–१९ सङ्क्रमित र मृत्य भएको  अमेरिकामा कोरोनाभाइरसका कारण शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार २६८ पुगेको अमेरिकाको आधिकारिक तथ्याङ्क रहेको छ । 

अमेरिकामा विगत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ६९ हजारभन्दा बढी पुगेको र अहिलेसम्म ४५ लाख सङ्क्रमित भएका उक्त विश्वविद्यालयले जनाएको छ । 

अमेरिकामा शनिबारसम्ममा कूल १४ लाख सङ्क्रमित निको भई घर फर्किएका बताइएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *