Home / Nepal / प्रदेश १ मा एकैदिन ५५६ कोरोना संक्रमित थप, कुन जिल्लामा कति ?

प्रदेश १ मा एकैदिन ५५६ कोरोना संक्रमित थप, कुन जिल्लामा कति ?

sharethis sharing button

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश न. १ मा  ५५६ जना कोरोना सङ्क्रमित  थपिएका छन् ।  सोही अवधिमा मंगलबार ४३  सङ्क्रमित थपिएका थिए भने हिजै विभिन्न स्थानबाट ७२० जना उपचार भएर घर फर्किएका थिए ।

आज संक्रमित हुनेमा  मोरङमा २४२ मध्ये विराटनगरमा १७१, सुनसरीमा १९९, झापामा ७७, उदयपुरमा छ, धनकुटामा पाँच, सङ्खुवासभामा चार, खोटाङ र तेह्रथुममा तीनतीन र प्रदेश  बाहिरका १७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार २५० पुगेको छ भने अहिलेसम्ममा १० हजार १३८ जना निको भएर घर फर्किएका छन् । आजै मात्र यसप्रदेशमा ६९५ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *