काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ कोरोना संक्रमित थपिएका छन् ।
जसअनुसार काठमाडौंमा २१६ महिला र ४८२ पुरुष, भक्तपुरमा ४८ महिला र ३४ पुरुष, ललितपुरमा ३२ महिला र ४७ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
बिहीबार काठमाडौंमा ५०७ , भक्तपुरमा ५० र ललितपुरमा ६१ गरी उपत्यकामा ६१८ कोरोना संक्रमित थपिएका थिए ।
बुधबार काठमाडौंमा ६५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जना गरी उपत्यकाका ७३७ कोरोना भाइरस संक्रमित थपिएका थिए ।
मंगलबार काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ गरी देशभर ६७६ कोरोना भाइरस संक्रमित थपिएका थिए ।
सोमबार काठमाडौंमा ४४० , भक्तपुरमा ४३ र ललितपुरमा २९ गरी देशभर ५१२ कोरोना भाइरस संक्रमित थपिएका थिए ।
आइतबार काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना गरी ५९७ कोरोना संक्रमित थपिएका थपिएका थिए ।
शनिबार काठमाडौं उपत्यकामा ४३१ कोरोना संक्रमित थपिएका थिए ।






