काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ कोरोना संक्रमित थपिएका छन् ।
जसअनुसार काठमाडौंमा १६९ महिला र ३८६ पुरुष, भक्तपुरमा ३७ महिला र ४९ पुरुष, ललितपुरमा १६ महिला र १९ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
सोमबार काठमाडौंमा ४४० , भक्तपुरमा ४३ र ललितपुरमा २९ गरी देशभर ५१२ कोरोना भाइरस संक्रमित थपिएका थिए ।
आइतबार काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना गरी ५९७ कोरोना संक्रमित थपिएका थपिएका थिए ।
शनिबार काठमाडौं उपत्यकामा ४३१ कोरोना संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टामा देशभर एक हजार ४५९ कोरोना संक्रमित थपिएका छन् ।






