Home / Nepal / नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८३ पुगेको छ । 

उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ महिला र तीन पुरुषकको मृत्यु भएको छ । 

कोरोना संक्रमणबाट मृत्यु हुनेमा ललितपुरका ६५ वर्षीया एकजना, बाराका २३ वर्षीया एकजना, कास्कीका ३२ वर्षीया एकजना, रुपन्देही र बाँकेका ७० वर्षीया एक-एकजना महिला रहेका छन् । 

त्यसैगरी काठमाडौंका ८४ वर्षीय, पर्साका ६२ वर्षीय एकजना र कपिलवस्तुका ५० वर्षीया पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । 

नेपालमा कुल कोरोना भाइरस संक्रमितको ० दशमलव ५२ प्रतिशतको मृत्यु भएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *