काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार बेलुका भेटिएका १०२ जनामध्ये १६ जना कोरोना संक्रमित अझै सम्पर्कमा नआएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार बुधबार बेलुका कोरोना संक्रमण पुष्टि भएका १६ जना सम्पर्कमा नआएको जानकारी दिए ।
उनले भने, “कोरोना संक्रमण सम्पर्कमा नआएका १६ संक्रमितमा केहीको उल्लेखित नम्बरै मिलेन भने केहीको अझै पनि फोन उठेन, कति जनाको मोबाइल अफ छ ।”
उनका अनुसार बुधबार बेलुकासम्म भेटिएका १०२ संक्रमितमध्ये ५६ जना अस्पतालमा, २० जना होम आइसोलेसनमा र अन्य १० जना काठमाडौं आवजात गरिरहने हुँदा अहिले गाउँमै छन् ।






