Home / Nepal / News / नेपालमा कोरोना संक्रमणमा फेरि नयाँ रेकर्ड, एकै दिन ६७१ संक्रमित थपिए

नेपालमा कोरोना संक्रमणमा फेरि नयाँ रेकर्ड, एकै दिन ६७१ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसका ६७१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६७१ संक्रमित थपिएका हुन् । 

यो अहिलेसम्मकै दैनिक उच्च वृद्धि हो ।

बुधबार एकैदिन ५८६ कोरोना संक्रमित थपिएका थिए भने मंगलबार ३८० संक्रमित थपिएका थिए । 

त्यसअघि सोमबार एकैदिन ४५५ संक्रमित थपिएका थिए ।

देशभरका ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । 

कुल कोरोना संक्रमित ७ हजार ८४८ जना रहेका छन् ।  

पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म एक लाख  हजार ५५ हजार ५१८  पीसीआर परीक्षण गरिएको छ भने दुई लाख हजार ४३ हजार ७५ हजार  जनाको आरडीटी परीक्षण गरिएको  छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ७४६ जनाको पीसीआर परीक्षण गरिएको छ । 

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा एक लाख १६ हजार २१५ मानिसहरु रहेका छन् भने आइसोलसनमा ६ हजार ६४८ कोरोना संक्रमितहरु रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *