Home / Nepal / News / नेपालमा ३८० संक्रमित थपिए, सं‌क्रमितको संख्या ६ हजार ५९१ पुग्यो

नेपालमा ३८० संक्रमित थपिए, सं‌क्रमितको संख्या ६ हजार ५९१ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसका ३८० संक्रमित थपिए छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३८० संक्रमित थपिएका हुन् । 

सोमबार एकैदिन ४५५ संक्रमित थपिएका थिए ।

७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । 

 हालसम्म कुल सं‌क्रमितको संख्या ६ हजार ५९१  पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११७ जना डिस्चार्ज भएका छन् । जसमा १०९ पुरुष र ८ महिला रहेका छन् । 

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म एक लाख ४३  हजार ७३८ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख २३  हजार ५१९ जनाको आरडीटी परीक्षण गरिएको  छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण गरिएको छ । 

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा एक लाख ३३ हजार ९ मानिसहरु रहेका छन् भने आइसोलसनमा ५ हजार ५३१ कोरोना संक्रमितहरु रहेका छन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *