Home / Nepal / News / कोरोनाका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु

कोरोनाका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु

काठमाडौं : कोरोनाका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १६ कोरोना संक्रमितको मृत्यु भएको हो । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५६७ पुगेको छ । 

२४ घण्टाको अवधीमा १ हजार २७२ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ । 

पछिल्लो २४ घण्टाको अवधीमा १ हजार ५७५ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख २१ हजार ८४७ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ पुगेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *