काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८७ जना कोरोना संक्रमित थपिएका छन् ।
तीमध्ये काठमाडौंमा ७६,ललितपुरमा १० जना र भक्तपुर एक जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २५ जना र भक्तपुरका एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको उनले बताए ।
उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १५ जना र लतिपुरका दुई जना संक्रमित थपिएका छन् ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा काठमाडौंमा एक जना कोरोना संक्रमित थपिएका छन् ।
वीर अस्पतालमा गरिएको परीक्षणमा तीन जनामा कोरोना देखिएको उनले बताए । त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका पाँच जनामा कोरोना देखिएको छ ।
यसैगरी, नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १३ जनामा कोरोना देखिएको छ ।
बीआइडीएच ल्याबमा गरिएको परीक्षणमा ललितपुरका ६ जना,ह्याम्स अस्पतालमा गरिएको काठमाडौंका नौँ जना र एक जना कोरोना संक्रमण देखिएको उनले बताए ।






