Home / Nepal / सन्क्रमितको संख्या बढ्न थालेपछि बिमा कम्पनीहरु डराए, कोरोना बीमा रोकिने अवस्थामा

सन्क्रमितको संख्या बढ्न थालेपछि बिमा कम्पनीहरु डराए, कोरोना बीमा रोकिने अवस्थामा

काठमाडौं । कोरोना सन्क्रमितको संख्या बढ्न थालेपछि थप दायित्व बहन गर्न नसकिने अवस्था आएको बिमा कम्पनीहरुले बताएका छन ।

बिमा कम्पनीले अब थप दायित्व बहन गर्न नसक्ने अवस्था आएको भन्दै नयाँ कोरोना बिमा गर्न सक्ने अवस्थामा नरहेको बताएका हुन ।

विदेशी पुनर्बिमा कम्पनीले पुनर्बिमा गर्ने अथवा सरकारले सहयोग गर्ने हो भने थप कोरोना बिमालाई निरन्तरता दिने सकिने अन्यथा अब कोरोना बिमालाई रोक्नुपर्ने बिमा समितिका अध्यक्ष चिरञ्‍जीवि चापागाईं पनि बताउँछन् ।

२० वटा निर्जीवन बिमा कम्पनीको पुँजी २० अर्ब र नेपाल पुनर्बीमा कम्पनीको १० अर्ब गरेर ३० अर्ब पुँजी छ । बीमा समितिका अध्यक्ष चापागाईंका अनुसार कोरोना बिमा गर्नेको संख्या ३ लाख नाघिसकेको छ।

३० अर्बको दायित्व सिर्जना भइसकेको छ । अब विदेशी पुनर्बिमा कम्पनीले पुनर्बिमा नगर्ने हो भने बिमा कम्पनीले दायित्व बहन गर्न सक्दैनौं भनेर बिमा कम्पनीहरु डराएको उनले बताए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *